|
२०८३ जेष्ठ ४
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो ।
आरोपीको साथबाट १२८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । आरोपी शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्