कीर्तिपुरस्थित पोडेटोलमा दिनदहाडै खुकुरी प्रहार गरेर युवकको हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट युवकको हत्या भएको छ । ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको एसपी भट्टराईले बताए ।

उनले भने– ‘आरोपीहरूको पहिचान भएको छ, हामी खोज्दैछौँ ।’ आरोपीहरू पहिले पनि मुद्दा चलेका युवाहरू संलग्न देखिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *