|
चैत्र २, २०८२
काठमाडौं । हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा प्रहरीले एक करोड १६ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ।
नागार्जुन नगरपालिका ८ भीमढुंगाबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा भीमढुंगाकै २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल छन्।
उनीहरूले अभौतिक मुद्राको कारोबार गरेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरू दुई जनालाई पक्राउ गरेको हो ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्