|
२०८२ फाल्गुन १९
काठमाण्डौँ । काठमाडौँको महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।
आरोपीहरूलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् ।
मंगलबार बिहान नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगञ्जमा बा. ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको थियो ।
गाडी आगजनीमा उनीहरूको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्