दार्चुलामा प्रहरी हवल्दारको हत्या आरोपमा ४ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २७

काठमाण्डौँ । दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए ।

महाकाली नगरपालिका–४ बांगाबगडा स्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका हुन् । कुटेर उनको हत्या गरेको आशङ्का गरिएको छ ।

हत्यामा संलग्न आशङ्कामा सोधपुछको लागी ४ जनालाई नियन्त्रणमा लिइएको डीआईजी रानाले बताए । उनले भने, ‘कुटेर हत्या गरेको देखिन्छ, सोधपुछको लागी ४ जना शङ्कितलाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदै छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *