गोरखामा रास्वपाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाडौँ । गोरखामा रोकेर राखिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ । भिमसेन थापा गाउँपालिका–३ मा पार्किङ गरी राखिएको परियारको गाडीमा गए राति अज्ञात व्यक्तिले तोडफोड गरेका हुन् ।

परियारले गाडीमा तोडफोड भएको जानकारी पाएलगत्तै स्थानीय प्रहरीलाई खबर गरेका छन् । प्रहरीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गर्नुका साथै घटनामा संलग्नको खोजी सुरु गरेको जनाएको छ ।

गाडी तोडफोडको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । राजनीतिक व्यक्ति लक्षित घटनाका रूपमा हेर्न थालिएको यस घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *