|
चैत्र २२, २०८२
काठमाण्डौँ । सरकारले अवैध अनलाइन सट्टेबाजी नियन्त्रणका लागि ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी यस्तो कदम चालेको हो ।
मुलुकी अपराध संहिता अनुसार सट्टेबाजी गैरकानुनी मानिन्छ, जसमा संलग्नलाई जरिवाना र कैद सजायको व्यवस्था छ। सरकारले यस्ता गतिविधिमा संलग्न नहुन र शंकास्पद प्लेटफर्मबारे जानकारी दिन आग्रह गरेको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्