चुनावबारे अफवाह फैलाएको आरोपमा सुनसरीमा एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । सुनसरीमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई असर पर्नेगरी अफवाह फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिए ।

उनका अनुसार इनरूवा नगरपालिका-३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर पक्राउ परेका हुन् ।

उनलाई साइबर ब्युरोको प्राविधिक सहयोगमा पक्राउ गरेको हो । उनको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *