काठमाण्डौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-२ शान्तिनगरमा एक युवती मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका-९ घर भई गैँडाकोट-२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र मृत भेटिएकी हुन् ।
उनको शरीरमा चोटपटक समेत देखिएको एसपी खड्काले जानकारी दिए ।
युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाइले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो ।
स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेको एसपी खड्काले जानकारी दिए ।
मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ ।
उनी हाल एक्लै बस्दै आएकी थिइन् ।
उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
2 Comments
Dmitry Borisovich Volkov
May 16, 2026Sweet blog! I found it while surfing around on Yahoo News.
Do you have any tips on how to get listed in Yahoo News?
I’ve been trying for a while but I never seem
to get there! Appreciate it
BUY VIAGRA ONLINE
May 16, 2026最新成人网站 提供创新的成人娱乐内容。发现 可靠的新网站
以获得现代化的体验。
My web site … BUY VIAGRA ONLINE