काठमाण्डौँ । दुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार मुस्ताङको लोमन्थाङ गाउँपालिका–४, नेचुङबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट (भेप) सहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
ना६ख ७५९१ नम्बरको कन्टेनरमा केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् ।
नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् । बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
लामालाई आवश्यक कारबाहीका निम्ति इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्