सिनामंगल–गोंगबु रुटमा बसयात्रुबाट पाकेटमारी गर्ने ४ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाण्डौँ । सिनामंगलबाट गोंगबु जान मयूर यातायातको बस चढेका एक यात्रुको २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएको छ ।

बाग्लुङ नगरपालिका–४ घर भइ काठमाडौं मित्रनगर डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जान मयुर यातायात चढेका थिए । मित्रपार्क पुग्दानपुग्दै उनले बोकेको कालो रङको साइड ब्याक गायब भयो ।

त्यसपछि उनले २३ पुसमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । लगत्तै अनुसन्धानमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ का ४२ वर्षीय विकाश लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर छन् ।

उनीहरुलाई जाहेरी परेको ६ घण्टामै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *