बाढीपहिरोको जोखिम, सकेसम्म रातिमा यात्रा नगर्न मौसमविद्‍को सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १५

काठमाण्डौँ । मौसमविदहरुले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न सुझाव दिएका छन् ।

मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । वैशाख १५ गतेको तुलनामा १६ गते बढी वर्षा हुने सम्भावना छ ।

काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षाको सम्भावना छ ।

मौसमविद उज्वल उपाध्यायका अनुसार अहिलेको प्रणालीको प्रभावले काठमाडौं उपत्यका र आसपासका भू-भागका साथै पूर्वी क्षेत्रको प्रायस् सबै (मेचीसम्मको) भू–भागमा वर्षा गराउने छ । भोलि बुधबार र पर्सि विहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालिगण्डकीसम्म बेला–बेलामा वर्षा भैरहने देखिन्छ ।

वर्षाका साना खोला खोल्सीहरुमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र बाटो अवरुद्ध हुनसक्ने सम्भावना छ ।

मौसमविदहरुका अनुसार नेपालको पूर्वी भू-भाग (भारतको उत्तराञ्चलतिर) र नेपालको पश्चिम भूभाग (हिमाञ्चल प्रदेशतिर) प्रिमनसुन प्रणाली थिए ।

केही दिन नेपालमा गर्मी बढेपछि ती दुवै सिस्टम नेपालतिर प्रवेश गरेर एकापसमा मिसिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *