तिलौराकोटका सम्पदा ओझेलमा, संरक्षणको पर्खाइमा स्तूप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २७

काठमाडौं । ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको तिलौराकोट क्षेत्रमा रहेका दुई प्राचीन स्तूप संरक्षणको अभावमा छन्।

भगवान् गौतम बुद्धको बाल्यकाल तथा युवावस्थासँग जोडिएको तिलौराकोट दरबार क्षेत्रको उत्तर–पश्चिम भागमा रहेका यी जोडी स्तूप लामो समयदेखि संरक्षणको प्रतीक्षामा रहेका हुन्।

बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले २९ वर्ष बिताएको मानिने तिलौराकोट विश्वभरका बौद्ध धर्मावलम्बी र पर्यटकका लागि महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक गन्तव्य हो।यही क्षेत्रमा रहेका पुरातात्त्विक संरचनाको संरक्षण र व्यवस्थित व्यवस्थापन हुन नसक्दा ऐतिहासिक महत्व बोकेका जोडी स्तूपको अस्तित्वमाथि समेत चुनौती देखिएको छ।

तिलौराकोटको ऐतिहासिकता र पुरातात्त्विक महत्वलाई ध्यानमा राख्दै जोडी स्तूपलगायतका संरचनाको संरक्षणमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *