|
२०८३ भाद्र २७
रुकुम पश्चिम । आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय दुर्गालाल दमाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत रुकुम पश्चिमले २०८१ माघ ६ गते जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति सजाय सुनाएको थियो।
सजाय भुक्तानका क्रममा रुकुम पश्चिम कारागारमा रहेका दमाई २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजीका क्रममा उनलाई पक्राउ गरेको हो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्