|
२०८२ फाल्गुन २१
काठमाण्डौँ । बाराको आदर्श कोतवाल गाउँपालिका–७ बाट स्रोत नखुलेको नगदसहित एक युवक पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले सुवर्ण गाउँपालिका–१ वगही बस्ने ३२ वर्षीय रोबिन कुमार यादवलाई ११ लाख २२ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सिम्रौनगढबाट तेलकुवा तर्फ आउँदै गरेको ना.४१ प ३३८६ नम्बरको मोटरसाइकललाई नियमित जाँचका क्रममा रोकेर तलासी गर्दा चालक यादवको साथबाट उक्त नगद फेला परेको थियो । बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादव र बरामद नगदबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्