|
२०८३ भाद्र ५
पोखरा । नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको आयोजनामा पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ हुने भएको छ। असोज ३ गते हुने दौडमा ४ हजारभन्दा बढी धावक सहभागी हुने आयोजकको अपेक्षा छ।
प्रतियोगिताको मुख्य आकर्षण २१ किलोमिटर हाफ म्याराथन हुनेछ। हाफ म्याराथनका महिला र पुरुष विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
दौडमा हाफ म्याराथनसहित विभिन्न ८ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्देश्य प्रोटिन, पोषण, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ।
दौड पोखराको बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर पुनः बसुन्धरा पार्कमा आएर सम्पन्न हुनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्