आसिफको १४औं ओडीआई अर्धशतक प्रहार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

काठमाडौं । आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । विनोद भण्डारीसँगै ओपनिङ गरेका आसिफले ६६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

विनोद भण्डारी भने पहिलो बलमै आउट भए । ओमानले पहिलो ओभर मेडन राखेको थियो । त्यसपछि स्ट्राइक परिवर्तन हुँदा विनोद दोस्रो ओभरको पहिलो बलमै खाता नखोली आउट भए ।

त्यसपछि आसिफ र अर्जुन कुमाल मिलेर नेपालको इनिङ्स सम्हालिरहेका छन् । यो जोडीले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् ।

आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । कप्तान रोहित पौडेलले ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाएका छन् ।

६६औं ओडीआई खेल खेलिरहेका आसिफले एक शतक समेत प्रहार गरेका छन् ।

यसअघि यूएई विरुद्धको खेलमा पहिलो बेन्चमा बसेका आसिफले आज ओमान विरुद्ध पहिलो रोजाइमा फर्कँदै अर्धशतक बनाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *