काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ सीडब्लुसीमा यूएईले ओमानलाई ३०९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित ४७ ओभरमा ८ विकेटको क्षतिमा ३०८ रन बनाएको हो । वर्षाका कारण मैदान भिज्दा खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो ।
यूएईका लागि हरप्रित सिंह, मुहम्मद शाहदाद, अदिब उस्मानी र आर्यान्श शर्माले अर्धशतकीय पारी खेले ।
हरप्रितले ६५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन जोडे । मुहम्मदले ६४ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७४ रन बनाए ।
७८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अदिबले ७२ रन बनाए । आर्यान्शले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन जोडे ।
ओमानका लागि मुहम्मद इमरानले ३, नदिम खानले २ तथा शकिल अहमद र आर्यान विष्टले १–१ विकेट लिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्