|
२०८२ चैत्र २९
काठमाण्डौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २०८ रनको लक्ष्य दिएको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी ४५ ओभरमा २०७ रनमा अलआउट भएको हो ।
लुम्बिनीका लागि सन्तोष यादव र सलाहुद्दिन खानले अर्धशतकीय पारी खेले । सन्तोषले ७७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ८२ रनको योगदान गरे । सलाहुद्दिनले ७७ बलमा ९ चौका प्रहार गर्दै ६० रन जोडे ।
गण्डकीका लागि विपिन खत्रीले ४ तथा अप्रजित पौडेलले ३ विकेट लिएका हुन् । सिब्रिन श्रेष्ठले २ र विश्व कार्कीले १ विकेट लिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्