काठमाण्डौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आइतबार दुई खेल रहेका छन् । पहिलो खेलमा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्सले खेल्नेछन्। दोस्रो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले एकअर्काको सामना गर्नेछन् ।
यस्तै, हिजो भएको खेलमा चेन्नई सुपर किङ्सले पहिलो जित दर्ता गरेको छ । चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । चेन्नईस्थित एमए चिन्दामबरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।
चेन्नईले दिएको २१३ रनको विजयी लक्ष्य पछाएको दिल्ली निर्धारित विश्वभरमा १८९ रन बनाउँदै अलआउट भयो ।
त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको चेन्नईका लागि सन्जु सामसनले ११५ रनको अविजित शतकीय पारी खेले ।
चौथो खेलमा चेन्नईले पहिलो जित दर्ता गर्यो । त्यसअघिका तीन खेल निकै निराशाजनक प्रदर्शन गरेको चेन्नईले कमब्याक सहित दुई अंक जोडेको छ । यो अङ्कसँगै अंकतालिकाको पुछारमा रहेको चेन्नई एक स्थान माथि चढ्दै नवौं स्थानमा पुगेको छ। त्यस्तै, समान ४ खेल खेलेको दिल्ली क्यापिटल्सले २ खेलमा जित र २ खेलमा हारसहित ४ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्