पोखरा एभेन्जर्सको पोस्टमा न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमको कमेन्टः खेलाडीलाई पैसा देऊ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २५

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । उनले पोखरा एभेन्जर्सले गरेको पोष्टमा निशमले खेलाडीको पैसा दिन आग्रह गरेका छन् ।

गएराति भएको टी–२० विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट बलिङ गरेपछि एभेन्जर्सले प्रसंशा गर्दै अफिसियल इन्स्टाग्राममा पोस्ट गरेको थियो । जसमा कमेन्ट गर्दै जिम्मीले लेखेका छन्, ‘कुल, पे योअर प्लेयर्स’ अर्थात् खेलाडीलाई पैसा देऊ । यसबारेमा पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अप्रुभलका कारण ढिलाई भएको बताएका छन् ।

उनले जिम्मीसँग कुनै विवाद नरहेको र आगामी दुई हप्ताभित्र पारिश्रमिक दिने प्रतिवद्धता जनाएका छन् । ‘राखेपका कारण ढिलाई भएको हो । निसमसहित कुनै पनि खेलाडीको पारिश्रमिक दिन नपाएको त्रिपाठीले भनेका छन् । उनले नेपालको प्रक्रियाले गर्दा झमेला भएको बताए । ‘सुरुमा राष्ट्र बैंकको अनुमति नचाहिने भनिएपनि हामीले करोबार गर्ने ग्लोबल आइएम बैंकले अनुमति चाहिन्छ भनेपछि समस्या भयो । त्यसपछि हामी राष्ट्रिय खेलकुद परिषदमा गयौँ तर राखेपले मुद्दाको विषय लिएर अनुमति दिन ढिलाइ गरेको छ । बीचमा निर्वाचनको कारणले कार्यालय बन्द भयो । हामी छिटै पारिश्रािक दिने प्रक्रियामा छौ ।’ त्रिपाठीले भने

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *