|
२०८२ चैत्र १७
काठमाण्डौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका- ४ ओसिल क्षेत्रमा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको ज्यान गएको छ
यस्तै अन्य चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमै मृत्यु भएको प्रहरील जनाएको छ ।
उनीहरू कार्यसम्पादनका क्रममा काडापारीबाट ओसिलतर्फ जाँदै गरेको जनाइएको छ ।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य चार जनाको गोकुलेश्वरस्थित अस्पतालमा उपचार भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्