काठमाण्डौँ । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो दल बनेको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बिच एकता भएपछि सबैभन्दा ठुलो दल भएको हो ।
प्रदेश सभामा साबिक माओवादीको सभामुख सहित ११ जना, एकीकृत समाजवादीको ४ जना र नाउपाको ७ जना सदस्य रहेका थिए । नेकपाले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँग पुस १४ एकता सहमति गरेको थियो ।
एकीकृत पार्टी बनेपछि प्रदेश सभामा नेकपाको २२ सिट पुगेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बन भएकाले अहिले २१ सिट छ । ५३ सदस्यीय प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १८, नेकपा एमालेको ११, राप्रपा र स्वतन्त्रको एकरएक सदस्य छन् ।
पार्टी एकता भएपनि संसदीय दल एकीकृत हुने क्रममा रहेको प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए । संसदीय दलको नेता खगराज भट्ट फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय हुने उनले जानकारी दिए ।
‘समानुपातिक बन्दसूची मिलाउनका लागि खगराजजी काठमाडौँ जानुभएको छ । उहाँ फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय गर्नेछौँ’, उनले भने ।
यस्तै निर्वाचन भएको ३७ महिनामा प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समेत एक सिट कायम भएको छ । २०७९ सालमा स्वतन्त्रबाट निर्वाचित सदस्य डा। ताराप्रसाद जोशी रास्वपामै भएकाले एक सिट कायम भएको हो ।
त्यतिबेला स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचनमा रास्वपा गठन भएकाले प्रदेश सभामा एक सिट पनि थिएन । मंसिर १७ गते उर्जामन्त्री समेत रहेका कुलमान घिसिङले उज्यालो पार्टी खोलेपछि जोशी सोही पार्टीमा खुलेका थिए ।
वार्ता टोलीका संयोजक समेत रहेका पुस १४ गते रास्वपासँग एकता भएको थियो ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्