गौरीटाप जीपलाइन निर्माणमा लापरबाही,आलोचना पछि रड थपेर पिल्लर सुधार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाले गौरीटाप क्षेत्रमा निर्माण गरिरहेको जीपलाइनका पिल्लर गुणस्तरहीन रहेको आरोप सामाजिक सञ्जालमा फैलिन थालेपछि निर्माण कार्यबारे प्रश्न उठेको छ।

स्थानीय एक बासिन्दाले पिल्लरमा मात्र चारवटा रड प्रयोग गरिएको भन्दै फोटो सार्वजनिक गरेपछि उक्त तस्बिर व्यापक रूपमा भाइरल भएको थियो । केही दिनअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलगायत व्यक्तिहरूको उपस्थितिमा शिलान्यास गरिएको यस जीपलाइन आयोजनामा चारवटा रड मात्र राखेर ढलान गरिएको तस्बिरले आलोचना चर्किएको थियो ।

स्रोतका अनुसार कमजोर रूपमा गरिएको प्रारम्भिक ढलानपछि थप रडहरू राखिएको देखिन्छ। करीब ५ सय मिटर लम्बाइको जीपलाइन तथा अन्य संरचना निर्माणका लागि गाउँपालिकाले करिब ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *