काठमाडौं । न्यून चापीय प्रणाली नेपालतर्फ सर्दै गएपछि पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने भएको छ। आगामी दुई दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा अझ सक्रिय हुने मौसमविद्ले बताएका छन्।
मौसमविद् राजन लामिछानेका अनुसार गण्डकी र बागमतीका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने सम्भावना छ। पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा भारी वर्षा भएको छ। पाल्पाको अर्चलेमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी आसपास बाढी र तल्लो भूभागमा डुबानको जोखिम बढेको छ। पश्चिमी क्षेत्रमा वर्षाको प्रभाव केही दिन रहने भए पनि पूर्वी क्षेत्रमा भने क्रमशः मौसम सुधार हुने अनुमान गरिएको छ।
मौसम विभागका अनुसार असोज १२ गतेदेखि देशभर मौसम सुधारोन्मुख हुने र असोज १३ गतेदेखि वर्षाको प्रभाव थप कमजोर हुने सम्भावना छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्