काठमाडौँ । आइतबार देशका अधिकांश भूभागमा मौसम बदली रहने देखिएको छ। मनसुनी वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले लुम्बिनी तथा पहाडी र हिमाली क्षेत्रमा आकाशमा बादल लागेको छ। तराईतिर भने मौसम तुलनात्मक रूपमा खुला भए पनि केही स्थानमा बादल देखिएको छ। बागमतीका केही ठाउँ तथा कोशी, गण्डकी र लुम्बिनीका छिटफुट क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ।
दिन चढ्दै जाँदा पहाड र हिमाली क्षेत्रमा वर्षा हुनसक्ने सम्भावना रहेको छ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने भएकाले मौसममा एकरूपता नहुने अनुमान गरिएको छ। तराईका पनि केही स्थानमा वर्षा हुनसक्ने बताइएको छ।
राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भेगमा छिटफुट वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्