आज देशभर वर्षाको सम्भावना, धेरै ठाउँमा बदली रहने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ७

काठमाडौँ । मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश भूभागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा समेत देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान छ।

मौसम बदली र वर्षाका कारण दैनिक आवतजावत तथा सडक यात्रामा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *