ललितपुर सुरक्षा समितिको अनुरोध: टोलमा नयाँ मान्छे देखिए तत्काल खबर गर्न आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

ललितपुर, काठमाडौं – हालको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै ललितपुर जिल्ला सुरक्षा समितिले जिल्लावासीलाई टोलमा अपरिचित वा बाहिरबाट आएका व्यक्तिहरू देखिएमा तुरुन्तै सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेक

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुमन घिमिरेले स्थानीयबासीहरूलाई सतर्क रहन अपिल गर्दै भने, “हालको अवस्थामा टोलमा फरक ठाउँबाट आएका (नयाँ) मानिसहरू देखिएमा ढिला नगरी तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउनुहोस्।”

प्रशासनले जिल्लाको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको जनाउँदै घिमिरेले कुनै पनि गतिविधि शंकास्पद लागेमा सम्बन्धित निकायलाई जानकारी दिन अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *