कांग्रेस सांसदको प्रश्न- सुन प्रकरणमा आयोगले बनाएको प्रतिवेदन खोइ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २४

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सरस्वती बजिमयले सुन प्रकरणको छानबिन गर्न गठित आयोगले बुझाएको प्रतिवेदन सार्वजनि गर्न माग गरेकी छन्।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बजिमयले ब्रेक शूमा भेटिएको ६१ किलो सुन र इलेक्ट्रोनिक भेपमार्फत ल्याइएको साढे ९ किलो सुनबारे छानबिन गर्न गठित आयोगले बुझाएको प्रतिवेदन सार्वजनि गर्न माग गरेकी हुन्

‘सुन तस्करीको अनुसन्धान गर्न पूर्वन्यायाधीशको नेतृत्वमा गठित आयोगको प्रतिवेदन खोइ? आयोगको प्रतिवेदन सार्वजनिक नगरी आरोपितलाई उन्मुक्ति दिनु उचित हुन्छ?,’ उनले भनिन्।

सुन तस्करीसम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग बनाइएको थियो। उक्त आयोगले गत चैत १ गते गृहमन्त्री रवि लामिछानेलाई १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो।

गृहमन्त्री लामिछानेले चैत २ गते नै प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए। प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनले औंल्याएका व्यक्तिहरूलाई कारबाही गर्न गृहमन्त्री लामिछानेलाई निर्देशन समेत दिएका थिए। तर, तीन महिना बितिसक्दा पनि आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *