माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा गाडी दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा जन्ती बोकेर आएको गाडी दुर्घटनामा परेको छ । आज दिउँसो करिब १२ बजेको समयमा उक्त दुर्घटना भएको वडा न ६ का वडा अध्यक्ष राम प्रसाद मगरले जानकारी दिए ।

दुर्घटनापछि तत्कालै प्रहरीले उद्धार कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका विकास राइले जानकारी दिए । प्रहरीका अनुसार घट्नास्थलमा प्रहरी टोली खटिएर उद्धार तथा विवरण संकलनको कार्य भइरहेको छ। दुर्घटनाबाट भएको क्षति, घाइतेको अवस्था र गाडी दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *