काठमाण्डौँ । संघीय राजधानी काठमाडौंस्थित बहुराष्ट्रिय चेन होटल ह्यात रिजेन्सी २४ भदौमा भएको विध्वंसक आक्रमणमा मानवीय र भौतिक क्षति भएपछि बन्द थियो ।
तर, त्यसको डेढ महिनापछि कम्पनीले सूचना जारी गरी होटल बन्द रहेकाले कर्मचारीलाई काममा नआउन आग्रह गर्यो, त्यसपछि बल्ल प्रधानमन्त्री सुशीला कार्कीले चासो राखिन् ।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाललाई होटलको समस्या बुझ्न लगाइन् । होटल सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग रहने आश्वासन अर्थमन्त्री खनालले दिएपछि होटल प्रशासनले यथाशक्य चाँडो सञ्चालनमा ल्याउने भनेर वक्तव्य जारी गर्यो ।
देशका उद्योग–व्यवसाय सञ्चालन होऊन्, व्यवसाय, रोजगारी र सरकारको राजस्व नगुमोस् भन्ने विषयमा सरकारको यो पहलकदमी सह्रानीय छ ।
तर, यही सँगसँगै देशमा १५ हजारभन्दा बढीलाई रोजगारी दिने २५ ठूला उद्योग बन्द छन्, त्यो पनि सरकारले नै बन्द गराएको छ ।
सात वर्षदेखि सरकारी स्वामित्वको व्यापारिक संस्थान नेपाल विद्युत् प्राधिकरण र विभिन्न उद्योगीबीच ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी व्यापारिक विवाद कायम छ ।
सोही विवादमा ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङको निर्णयका आधारमा देशका ठूला उद्योगमा जोडिएको बिजुलीको लाइन काटिएको छ, जसका कारण अर्बौंको उत्पादन बन्द मात्रै भएको छैन, कामदार–कर्मचारीको आय र सरकारको राजस्वमा समेत क्षति पुगेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्