×

८० प्रतिशत शेयर प्रतिस्पर्धाबाट छानिएको हाे कर तिर्नुपर्ने भएमा कानुनको पालना गर्ने–एनसेल

मंसिर २१, २०८० | दाक्सु मिडिया

काठमाडौं , एनसेलको ८० प्रतिशत शेयर किनेको स्पेक्ट्रलाइट युके लिमिटेड प्रतिस्पर्धाबाट छानिएको एनसेलले जनाएको छ । साथै कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानुनको पालना गर्ने पनि एनसेलले जनाएको छ ।

नेपाली मूलका सतिशलाल आचार्यलाई आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो । अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्य अनुरसार सेयर खरिदबिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो ।

आज एनसेलले भने आजियाटाले पारदर्शिता सुनिश्चित गरिएको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो ।’

शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेता मार्फत् निर्धारण गरिएको पनि विज्ञप्तिमा लेखिएको छ । एनसेलका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँटको रुपमा प्राप्त गर्ने छ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै एनसेलले त्यो कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: