आजपनि सुन लाख भन्दा कममा कारोबार हुन सकेन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १३

१३ चैत्र, काठमाण्डौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार कारोबार भएकै मूल्यमा आज सुन र चाँदीको मूल्य कायम भएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

गत शुक्रबार सुनको मूल्यमा ६०० को वृद्धि आएको थियो । तोलामा ६०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य १ लाख ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम थियो । जुन, आजकै मूल्य हो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदीको मूल्य यही कायम थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *