नेकपा शैली पछ्याउँदै नेकपा (एस), ११ जनाको बन्यो ‘हाइकमान्ड’

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २२

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले तत्कालीन नेकपा शैलीकै हाइकमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ । 

पार्टीको स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । यो सचिवालयले महत्वपूर्ण निर्णय लिन सक्ने अधिकार राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

सचिवालयमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, तीन उपाध्यक्षहरू क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् ।

त्यसैगरी, सचिवालयमा महासचिव बेदुराम भुसाल, उपमहासचिवत्रय जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र विजय पौडेलका साथै गंगालाल तुलाधर छन् । 
बैठकले स्थायी कमिटी र केन्द्रीय सदस्य संख्यालाई पूर्णता दिएको खतिवडाले बताए पनि नाम भने फाइनल भइनसकेको बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *