काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष र विद्रोही गरी नेकपा समाजवादी गठन गरेका माधव कुमार नेपाल पक्ष कतै पनि नलागेका स्थायी कमिटि र केन्द्रीय कमिटि सदस्यहरु छलफलमा जुटेका छन् ।
विहिबार दुवै पक्षले गरेका निर्णयहरुबाट पछि हट्न माग गरेका उनीहरुले महाराजगञ्जमा बैठकले बस्दै पार्टी विभाजनका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन्।
माधव कुमार नेपालले नेकपा एमाले समाजवादी गठन गरेपछि ९ स्थायी कमिटीसहित केही केन्द्रीय सदस्यहरू उनको पक्षमा लागेका थिएनन्।
उनीहरू केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेमा पनि फर्किएका छैनन। बिहीबार पार्टी एकताका लागि यसअघि भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा स्थायी कमिटी सदस्यहरूले सार्वजनिक गरेका थिए।
त्यही धारणामा केन्द्रीय सदस्यहरूको पनि धारणा बुझ्ने र पार्टी एकताका लागि सम्भावित उपाय छ खोज्ने एमाले उपमहासचिव घनश्याम भुसालले जानकारी दिए।
उनले आफूहरू पार्टीलाई १० बुँदे सहमतिमै टेकेर एकताबद्ध बनाउन सकिन्छ कि भनेर छलफलमा जुटिरहेको जानकारी दिए।
ओलीले यो कुरा पालना गरे माधव नेपालहरूलाई पनि पार्टी एकता गर्न आउने वातावरण बन्ने उनीहरूको बुझाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया