५-३ गोल अन्तरः बार्सिलोना सेमिफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २२

काठमाडाैं – बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा ग्रानडालाई ५-३ गोल अन्तरले हराउँदै बार्सिलोना सेमिफाइनमा पुगेको हो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले र जोर्डी अल्बाले समान दुई तथा फ्रान्की डी जोंगले एक गोल गरे ।

ग्रानडाका केनेडे, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे पनि जिताउन सकेनन् । यस्तै, प्रतियोगिता अन्तर्गत गएराति नै भएको अर्को खेलमा लेभान्टेले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *