साउनका सोमबार लक्षित गर्दै पशुपति क्षेत्रमा सरसफाइ अभियान तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

काठमाडौँ : साउन महिनाका बाँकी सोमबारमा भक्तजनको सहज आवागमन र दर्शन व्यवस्थापनलाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा नियमित सरसफाइ अभियान सञ्चालन गरिएको छ।

शनिबार सम्पन्न अभियानअन्तर्गत मन्दिरका मुख्य प्रवेशद्वार, दर्शन लाइन क्षेत्र, वनकाली, हंसमण्डप, पञ्चदेवल, राजराजेश्वरी तथा अन्य आसपासका स्थानमा सफाइ गरिएको हो। अभियानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सक्रिय सहभागिता रहेको जनाइएको छ।

साउन महिनाका आगामी सोमबारमा दर्शनका लागि आउने भक्तजनलाई स्वच्छ र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले सरसफाइ अभियानलाई निरन्तरता दिइने कोषले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *