नेपाल प्रवेश गर्नेहरूका लागि परिचयपत्र अनिवार्य, रोहिंगिया भागेर नेपाल छिर्ने आशङ्का

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाण्डौँ । मोरङको सीमावर्ती क्षेत्र जोगवनी नाकामा सुरक्षा निगरानी बढाउँदै नेपाल प्रवेश गर्नेहरूका लागि परिचयपत्र अनिवार्य गरिएको छ । मोरङ जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार यो निर्णय नेपाल पक्षको विशुद्ध सुरक्षा सतर्कता मात्र हो ।

तर, सुरक्षा स्रोतले दिएको जानकारी अनुसार प्रशासनले भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएपछि त्यहाँबाट रोहिंगिया मुस्लिमहरू भागेर नेपाल छिर्न सक्ने आकलन गरेको जनाएको छ ।

भारतका कतिपय सञ्चार माध्यममा भाजपाले सरकार बनाएसँगै त्यहाँबाट रोहिंगिया मुस्लिमहरू विस्थापित हुने प्रचार व्यापक बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *