कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २५

काठमाडौं । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीले बताए ।

उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उनले बताए ।

घाइते भएकाहरूमा लागुऔषध र चोरी मुद्दाका रहेको एसपी खत्रीले बताए । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *