|
२०८२ फाल्गुन २८
काठमाण्डौँ । पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जीप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जीप र विपरित दिशाबाट आइरहेको म२प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको बताए ।
प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्