रवि लामिछानेलाई कालो झण्डा देखाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १५

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई शुक्रबार उनीहरुले मुख्य सडकमै कालोझण्डा देखाएर प्रदर्शन गरेका हुन् ।

के कारणले कालो झण्डा देखाएको भन्ने खुलेको छैन । उक्त क्षेत्रका उम्मेदवार मञ्जिल रानाले कालो झण्डा देखाउने पार्टीको आधिकारिक कार्यक्रम नभएको बताएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले अवरोध गरेपछि केही समय धकेलाधकेल भएको थियो । प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्ताहरूलाई नियन्त्रणमा समेत लिएको छ ।

विरोधमा रहेका उज्यालो नेपाल पार्टीका महिला कार्यकर्तालाई प्रहरीले हातपात गरेको भन्दै विरोधमा उनीहरू दमौलीको मुख्य चोकमा जेब्रा क्रसिङमा नै धर्नामा बसेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *