|
२०८२ माघ १०
काठमाडौं: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने घोषणा गरेको छ।
पार्टीका प्रवक्ता डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा पुनको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरिएको हो। यसअघि रास्वपालगायत केही दलले पनि आफ्ना उम्मेदवार निष्क्रिय पार्दै पुनप्रति समर्थन जनाइसकेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीमा जन्मिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्। उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिएका हुन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्