|
२०८२ भाद्र २६
काठमाडौँ : सर्वोच्च अदालत आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले वन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता र नियमित सुनुवाइ पुनः सुरु गर्ने निर्णय गरेको हो।
प्रधानन्यायाधीश प्रकामानसिंह राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार, “मिति २०८२/०५/२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ प्रारम्भ गरिने भएको हुँदा यसबारेमा सर्वसाधारणलाई जानकारी गराइन्छ।”
सर्वोच्चमा आगजनी हुँदा न्यायिक इतिहासका महत्वपूर्ण कागजातहरू नष्ट भए पनि संविधानले दिएको दायित्व पूरा गर्न अदालत दृढ रहेको पनि विज्ञप्तिमा स्पष्ट गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्