नेचासल्यानमा आयोजित स्वास्थ्य शिविरको चौथो दिन १ सय बढीलाई सेवा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर १४

सोलुखुम्बु । गत मंसिर १० गतेबाट सुरु भएको आँखा, मुख तथा दाँत स्वास्थ्य परीक्षण एवं उपचार शिविरको आज चौथो दिन सम्ममा नेचासल्यानका १७ वटा विद्यालयमा सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा हाल सम्म गाउँपालिकाको वडा नम्बर १ र २ का १७ वटा विद्यालयका विद्यार्थीहरुले सेवा

चौथो दिन आज गाउँपालिकाको वडा नम्बर २ स्थित विष्णु छायाँ आधारभूत विद्यालय र विपी संस्कृत माध्यमिक विद्यालय सल्यानमा शिविरको आयोजना गर्दै तहाँका जम्मा १ सय ९ जना विद्यार्थीको मुख, आँखा तथा दाँत सम्बन्धी समस्याको परिक्षण तथा उपचार गरिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भरिका

आज यि दुइओटा विद्यालयमा आयोजित शिविरमा ९९ जना विद्यार्थीका दन्त परिक्षण गरिएको छ । यस्तै दाँत परिक्षणका क्रममा दाँतमा किरा लागेको समस्या भएका ४९ जना विद्यार्थीको दाँतको उपचार गरिएको छ यस्तै दाँतको जरै देखी उपचार गर्नुपर्ने २ जना विद्यार्थी रहेको जनाइएको छ । शिविरमा ११ जनाको दाँत झिकिएको छ । शिविरको क्रममा अधिकांस विद्यार्थीहरुको आँखामा समस्या भएको पाइएको, ७ जना बालबालिकाको चस्मा लगाइनुपर्ने समसस्या देखीएको प्राथमिक स्वास्थ्य केन्द्रका सस्थ्यकर्मी चित्र कुमार श्रेष्ठले बताउनुभयो ।

विपी संस्कृत माविका प्रधानाध्यापक उमाकान्त काफ्लेले शिविरको आयाजकलाई धन्यवाद व्यक्त गर्दै गाउँपालिकामै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना भएको भन्दै पैशा हराए केही हराउने तर स्वास्थ्य नै नभए सबैथोक हराउने उल्लेख गर्नुभएको छ ।

यस्तै विपी सँस्कृत माविका शिक्षक अभिभावक संघ अध्यक्ष तारा बहादुर खत्री ९मिलन०ले रोग लाग्नु भन्दा पनि लाग्न नदिनु प्राथमिक कुरा भएता पनि लागेको रोगलाई समयमै निदान गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *