ऐसेलुखर्क र रावा बेसी गाउँपालिकाबीच अन्तर–समन्वयात्मक बैठक सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

खोटाङ । ऐसेलुखर्क गाउँपालिका र रावा बेसी गाउँपालिकाबीच आइतबार अन्तर–समन्वयात्मक बैठक सम्पन्न भएको छ।

ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईको अध्यक्षतामा आयोजित उक्त बैठकमा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्ष राजेश कुमार राजभण्डारी, दुवै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू तथा दुवैतर्फका वडा अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा दुवै गाउँपालिकाबीच आपसी समन्वय, विकास निर्माणका साझा विषय, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय तथा स्थानीय तहबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो । सहभागीहरूले आपसी सहकार्य र अनुभव आदान–प्रदानमार्फत स्थानीय विकासलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस प्रकारका अन्तर–समन्वयात्मक बैठकले स्थानीय तहबीचको सहकार्यलाई मजबुत बनाउँदै समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *