|
२०८२ मंसिर ८
काठमाण्डौँ । माप्या दुधकोशी गाउँपालिकाले आफ्नो सातवटै वडामा चल्दै आएको राष्ट्रिय परिचयपत्र वितरण तथा आवश्यक विवरण संकलन कार्य सम्बन्धमा नयाँ मिति तथा स्थान सार्वजनिक गरेको छ।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार, तोकिएको तालिकाअनुसार विभिन्न मितिमा वडा कार्यालय तथा स्थानीय स्थानहरूमा टोली खटाइनेछ। स्थायी बासिन्दा नागरिकलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ।
सूचनामा आवश्यक कागजातको साथमा अनिवार्य रूपमा स्वयम् उपस्थित हुन सबै सेवाग्राहीलाई आग्रह गरिएको छ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्