|
२०८३ आश्विन ५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरेको छ ।
नेप्सेका अनुसार ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन ।
डेटा सेन्टरको समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न आग्रह गरेको थियो ।
सोही आधारमा धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आजको नियमित कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
कारोबार स्थगित हुँदा लगानीकर्तालाई परेको असुविधाप्रति नेप्सेले क्षमासमेत मागेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्