|
२०८३ भाद्र २७
काठमाडौं । रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गोर्खाज फाइनान्सले १५ लाख १८ हजार ४२६ रुपैयाँ २७ पैसा सहयोग गरेको छ।
फाइनान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोगमा फाइनान्सका कर्मचारीले स्वेच्छिक रूपमा प्रदान गरेको दुई दिनको तलबसमेत समावेश छ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। विपद्का बेला वित्तीय संस्थाको भूमिका कारोबारमा मात्र सीमित नभई समाजप्रतिको जिम्मेवारी पनि पूरा गर्नुपर्ने उनले बताए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्