काठमाडौं, असार २३ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज सार्वजनिक दरअनुसार अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य उच्च स्तरमै कायम रहेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड स्ट्रलिङको मूल्य सबैभन्दा उच्चमध्ये रहेको छ। एक पाउण्डको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलरको १०७ रुपैयाँ ०५ पैसा तथा सिङ्गापुर डलरको ११७ रुपैयाँ ७४ पैसा कायम भएको छ।
एसियाली मुद्रातर्फ चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ भने जापानी येन १० एकाइको खरिददर नौ रुपैयाँ ३८ पैसा रहेको छ।
खाडी मुलुकका मुद्रामा पनि स्थिरता देखिएको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७९ पैसा तथा युएई दिराम ४१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र दक्षिण कोरियाली वन १०० एकाइको खरिददर नौ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्