आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । मंगलबार सुनचाँदीको भाउ केही बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै गत मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । । गत मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *